नियम ८३
प्रसूति बिदा
: (१) महिला प्रहरी कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अघि वा पछि गरी अन्ठान्नब्बे दिन प्रसूति बिदा पाउनेछ ।
(२) प्रसूति बिदा बस्ने महिला प्रहरी कर्मचारीले पुरा तलब, भत्ता र रासन पाउनेछ ।
(३) उपनियम (१) बमोजिम प्रसूति बिदा लिएका महिला प्रहरी कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टी नहुने गरी थप तीन महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्नेछन । यस्तो बिदा लिँदा उपनियम (१) बमोजिमको बिदासँग लगातार रूपमा लिनु पर्नेछ ।
(४) उपनियम (१) र (३) बमोजिमको विदाको विवरणको अभिलेख राख्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम बेतलवी बिदामा बसेको अवधि सेवा अवधिमा जोडिनेछ ।